• २०८३ असोज ३ गते शनिवार

झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, झापा। झापाबाट ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक घर भएका देवेन्द्र राई, गौरादह बस्ने लक्ष्मण दास र राम शाहलाई पक्राउ गरेको हो ।

वेन्द्रको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । देवेन्द्रको बयानको आधारमा ब्राउन सुगरको स्थानिय डिलर संचालक गौरादह नगरपालिका–३ का लक्ष्मण दास र राम शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गौरादह नगरपालिका–१ बाट पक्राउ गरिएको हो । लक्ष्मण र राम शाहको साथबाट २३ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार साँझ मे ७प ९०८१ नम्बरको मोटरसाइकलमा लागु औषध बोकेर हिँडेको बेला पक्राउ परेका राम र लक्ष्मण प्रयोगकर्ता पनि हुन् । पक्राउ परेका उनीहरुलाई लागु औषधबिरुद्धको सचेतना अभियान र कारवाही आक्रामक रुपले अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस