माघ ५, रुपन्देही । रुपन्देहीमा तिलोत्तमा नगरपालिका-१५ कोटिहवाकी पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पसल जाने क्रममा बालिका बलात्कृत भएकी हुन ।
प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको वाणगंगा नगरपालिका-१२ घर भई हाल तिलोत्तमा नगरपालिका(१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर बिकलाई पक्राउ गरेको छ। गत माघ १ गते साँझ ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुकी करिब ७ः४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको साथमा र परिवार र स्थानीयले खोजी गर्दै गर्दा बालिकालाई उनको घरदेखि केही पर खेतनजिकै खोल्सामा गम्भीर अवस्थामा फेला पारेको थियो भने आरोपित बिकलाई घटनास्थलबाटै पक्राउ गरेको थियो। बालिकालाई रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार सम्भव नभएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गम्भीर अवस्थामा उपचार भइरहेको छ ।