• २०८३ बैशाख २० गते आइतवार

बिल्बाओले जित्यो सुपर कपको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५,एजेन्सी। क्याटलान क्लब बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले सुपर कपको उपाधि जितेको हो ।

बार्सिलोना उपाधि मुखमा पुगेर अन्तिम समय सम्हालिन नसक्दा बिल्बाओले उपाधि उचाल्यो । खेलको ८९औं मिनेटसम्म बार्सिलोना २(१ ले अघि थियो । ९० औं मिनेटमा बिल्बाओले गोल गरेपछि ९० मिनेटको खेल २-२ मा सकिएको थियो ।

त्यसपछि खेलमा ३० मिनेटको समय थपिएको थियो । थप समयमा बिल्बाओले तेस्रो गोल गर्दै सुपर कपको उपाधि जित्यो । बिल्वाओको यो तेस्रो सुपरकप उपाधि हो । यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो । बार्सिलोनाले सर्वाधिक १३ पटक सुपरकपको उपाधि जितेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस