माघ ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ बरडाँडा र नेचासल्यान गाउँपालिकाको सीमानाको महादेव भीरमा टिपर दुर्घटना भएको छ । आइतबार राती करिब साढे ११ बजे बा ४ ख ७९८० नम्बरको आइचर (टिपर) दुर्घटना भएकोे हो ।

टिपर दुर्घटना हुँदा ज्यान गुमाउनेहरुमा ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका रामकुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । हेटौडाका २३ बर्षिय रमेश मगर गम्भिर घाइते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । टिपर सडकबाट करिब ३ सय मिटर तल खसेको हो ।
दुर्घटनाग्रस्त आइचर ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनो निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ । २३.५ मेगावाटको अपर सोलु जलविद्युत आयोजनमा निर्माण प्रयोग भएका सामाग्री निमाणाधीन सोलु खोला दूधकोशी जलविद्युत आयोजनामा लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।