• २०८३ बैशाख ९ गते बुधवार

टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५,सोलुखुम्बु। सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गएराति सोलुदुधकुण्ड नगरपालिका -११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको महादेव गित्ते भिरमा बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुदा धादिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका -४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका -८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मकवानपुर बाग्मती गाउँपालिकाकै २३ बर्षिय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । टिपर सडकबाट अनियंत्रित भइ तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटना परी मृत्यु भएकाको शव परिक्षण गर्नका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस