• २०८३ जेष्ठ १६ गते शनिवार

आजको मौसम : तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसका प्रभावले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै राती देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। हाल देशको तराई भू-भागका धेरै स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाले देशको विभिन्न भू-भागहरुमा आकाशमा बादललागे संगै राम्रो संग घाम नालाग्दा दिउसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस