• २०८३ मङ्सिर १३ गते शनिवार

अफगानिस्तानको अवस्थाबारेमा गम्भीर हुन पाकिस्तानद्धारा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, इस्लामावाद । पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको अवस्थाका बारेमा सोच्न विभिन्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले सो आग्रह गर्नुभएको हो । उहाँले पाकिस्तानको अवस्था निकै नाजुक रहेकाले यस विषयमा सबैले सोच्नुपर्ने बताउनुभएको हो ।उहाँले अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन्समा बोल्दै सो धारणा राख्नुभएको हो । उहाँले सो ओआइसीको बैठकमा बोल्दै भन्नुभयो– मलाई लाग्छ अफगानिस्तानको अवस्था निकै नै गम्भीर छ, यसमा विश्वका देशहरुले सोच्नुपर्छ ।

उहाँले अफगानिस्तानमा दुई वर्षदेखिको खडेरीका कारण राम्रो उब्जनी पनि नभएको र यहाँका नागरिकले राम्रोसँग खाना र औषधि समेत नपाएको अवस्था रहेकोतर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।यहाँ आर्थिक मन्दी छाएको, यहाँका सरकारी कर्मचारीले तलब समेत नपाएका तथा पछिल्ला समयमा तालिबानहरुको शासनका कारण पनि यहाँका नागरिकका अधिकारहरु खोसिएको उहाँले बताउनुभयो ।

यस्तो अवस्थामा विदेशी दाता राष्ट्र तथा निकायहरुले अफगानिस्तानका लागि मानवीय सहायता उपलब्ध गराउनुपर्ने पनि उहाँले जानकारी दिनुभएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस