• २०८३ कार्तिक ११ गते मङ्गलवार

प्रधानन्यायाधीशलाई पत्रकार महासंघले भन्यो– अदालतको गरिमा राख्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १, काठमाडौं । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई अदालतको गरिमा राख्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै महासंघले सर्वोच्च अदालतमा विकसित घटनाक्रमले न्यायालयप्रतिको भरोसा कमजोर हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

महासंघले नेपाली जनताको न्याय निरूपण गर्ने अन्तिम निकायमा देखिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपालको संविधानले परिकल्पना गरेको शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप खडा भएको सर्वोच्च न्यायालय स्वच्छ, मर्यादित र विश्वास योग्य हुनुपर्छ भन्ने मान्यतामा महासंघ अडिग रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अदालतको नेतृत्वप्रति गैरन्यायिक आचरणको प्रश्न उठाउँदै नेपाल बार एसोसिएसनले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद् विषय भएको महासंघले जनाएको छ । अदालतमा देखिएको गतिरोधले जनता न्याय प्राप्त गर्ने आफ्नो हकबाटसमेत वञ्चित हुनुपरिरहेको भन्दै महासंघले संसद्, सरकार र राजनीतिक दललाई समस्या समाधानको आवश्यक पहल गर्न आग्रह समेत गरेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस