मंसिर १, काठमाडौं । आज दिनभर देखिएको तीब्र उचार चढाव पछि नेप्से परिसूचक १६ दशमलव ९५ अंकले बढेर २ हजार ८ सय १ दशमलव ५२ अंकमा पुगेको छ ।
आज दिनभर भएका ७७ हजार ५१८ कारोबारबाट १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ पुगेको छ ।
सबैभन्दा धेरै कमाउनेमा आज पञ्चकन्या माई हाइड्रोपावर देखिएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ३० पैसाले बढेर ३८८ रुपैयाँ ४० पैसामा पुगेको छ । दोस्रो धेरै कमाउनेमा माथिल्लो तामाकोशीको शेयर मूल्य पनि १० प्रतिशत नै अर्थात ६४ रुपैयाँ १० पैसाले बढेर ७०५ रुपैयाँ ४० पैसा पुगेको छ ।