आश्विन १, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज केन्द्रिय कार्यालय उद्घाटन गर्दैछ । असोज १ गतेको अवसर पारेर नेकपाले पार्टी कार्यालयको उद्घाटन गर्न लागेको हो । असोज १ गतेदेखि नयॅा बानेश्वरको आलोकनगर (तीनकुने पुलको दक्षिण)मा पार्टी कार्यालय उद्घाटन गरिने अध्यक्ष माधवकुमार नेपालले फेसबुक स्टाटसमार्फत जानकार दिनु भएको छ ।

‘पूजा थापा बस्नेतज्यूको घरमा पार्टी कार्यालय रहने र असोज १ गते बिहान उद्घाटन गरिनेछ’ – अध्यक्ष नेपालले भन्नुभएको छ । उहाँले पार्टी कार्यालय उद्घाटनका साथै अन्य विषयमा सकारात्मक सहयोगको अपेक्षासमेत गर्नुभएको छ । नेकपा ९एमाले०बाट विभाजित भइ बनेको नेकपा (एस)ले यसअघि नै निर्वाचन आयोगबाट दलको मान्यता पाइसकेको छ ।
पछिल्लो केहीदिनयता नेकपा ९एस०ले पार्टी संगठन विस्तारका साथै नेताहरुलाई जिम्मेवारी बाँडफाड गरिरहेको छ।