असोज १, काठमाडौँ। नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन १४ सयले घटेर प्रतितोला ८९ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।