भदौ १, काठमाडौँ । सरकारले ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवासंघ नेपालले बानेश्वरमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका कारण दुवैतर्फका १२ बढी घाइते भएको भएका छन ।

प्रहरी तर्फ ४ जना घाइते भएका छन् भने राष्ट्रिय युवा संघका केही कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा राष्ट्रिय युवासंघ नेपालका उपाध्यक्ष पु्ष्प श्रेष्ठ, सचिवालय सदस्य दिलिप थिङ, पृथ्वीबिन्दु महर्जन, गाेबिन्द तामाङ लगायत रहेका छन । राष्ट्रिय युवासंघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गरजस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याएको थियो ।
