भदौ १, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ३७ हजार २ सय ९४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ८ सय ७१ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ९ सय २९ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ८७ हजार ६९ जना रहेको छ । आज २७ जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या १० हजार ३ सय ५४ जना पुगेको छ ।