• २०८३ बैशाख ७ गते सोमवार

नेपाल पत्रकार महासंघ प्युठानको सम्पत्ति र दायित्व हस्तान्तरण

राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

साउन २, प्युठान । नेपाल पत्रकार महासंघ प्युठानको सम्पत्ति र दायित्व हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष महाबिर रानाले नवनिर्वाचित अध्यक्ष सन्जय रिजाल सहितका पदाधिकारी समक्ष हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासघ अन्तर्गत सुचना केन्द्र बिजुवार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष रानाले करिब ७० लाख रुपैयाँ बराबरको सम्पत्ति तथा दायित्व महासंघका नव निर्वाचित अध्यक्ष सन्जय रिजाललाई हस्तान्तरण गर्नुभएको हो।

दायित्व ग्रहण गर्दै नव निर्वाचित रिजालले महासंघलाई साझा र समावेशी संस्थाको रुपमा स्थापित गर्दै महासंघका हरेक कामलाई प्रविधिमैत्री र पारदर्शी बनाउने, सवै गतिविधि सदस्यहरु समक्ष सम्प्रेषण गर्ने तथा खर्च प्रणालीलाई मितव्ययी बनाउने,अतिथि सत्कार लगायत कुनै पनि सन्दर्भमा मद्यपान, धुम्रपान तथा फजुल कार्यमा महासंघको बजेटबाट खर्च नगर्ने तथा महासघको उचाइलाई कायम राख्ने गरी काम गरिने प्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी दायित्व हस्तान्तरण गर्दै महासघका निबर्तमान अध्यक्ष महाबिर रानाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,श्रमजीवी पत्रकारको हित र नेपाली पत्रकारिताको संस्थागत विकास,सूचनाको हक,नागरिकको आधारभूत अधिकारको संरक्षण–सम्बर्धनमा आगामी दिनमा समेत दृढतापूर्वक क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्पत्ति र दायित्व हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासघका पुर्ब अध्यक्ष तथा नब निर्बाचित केन्द्रिय सदस्य सुशील पोख्रेलले केन्द्र र प्रदेश बाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानूनहरूलाई प्रेस स्वतन्त्रतामैत्री, सञ्चार संस्था तथा श्रमजीवी पत्रकारको हित हुने गरी बनाउन सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुभयो।

Sharing

प्रतिक्रिया दिनुहोस