• २०८३ बैशाख १४ गते सोमवार

कैलालीमा आफ्नै छोरीलाई करणी गरी हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, कैलाली । आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा लम्की चुहा नगरपालिका-२ बघनिया बस्ने उनकै ५१ वर्षीय पुरुषलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ती बालिका आफ्नै घरमा गत जेठ २७ गते दिउँसो मृत अवस्थामा फेला परेको घटनाको ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा मृतकको बुवाले आफ्नै भैसी गोठमा लगि जबरजस्ती करणी गरी पोल खुल्ने डरले भैसी गोठमा नै झुण्डाई हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस