• २०८३ बैशाख ३ गते बिहिवार

बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौँ। स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनाले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीलाई ४–० ले हरायो ।

बार्सिलोनाले खेलको पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाती गोलमा अग्रता बनाएको थियो । १४औँ मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाइन् ।

२१औँ मिनेटमा एटाना बोनमतीले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० को बनाइन् । कार्लोलिन हेनसेनले ३६औँ मिनेटमा गोल गर्दा बार्सिलोना ४–० ले अघि बढेको थियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । चेल्सी पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस