• २०८३ मङ्सिर ४ गते बिहिवार

धरानबाट लागूऔषध सहित श्रीमान-श्रीमती पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ०४, सुनसरी । धरानबाट मंगलबार लागूऔषध सहित श्रीमान श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका छन् ।

उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस