चैत ४, काठमाडौँ । सर्वोच्चको न्यायाधीसमा सिफारिस भएका कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनावाई प्रक्रिया सुरु भएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिले न्याय परिषद्ले उनीहरुविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको हो । बुधबार बसेको संसदीय समितिको बैठकले दुवैजनाविरुद्ध १० दिनभित्र उजुरी दर्ता गराउन आह्वान गरेको छ ।