• २०८३ कार्तिक २३ गते आइतवार

कैलालीमा तास खेलिरहेका अबस्थामा ४ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, कैलाली । कैलालीको गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका प्रहरी सहायक निरिक्षक (असई) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुस्कर भट्टसहित धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीय डबल चन्द, ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी–५ बस्ने ४० वर्षीय टेक बहादुर विष्ट र कञ्चनपुर भिमदत्त नगरपालिका ४ का ३७ वर्षीय सन्तोष चन्दलाई प्रहरीले पक्राउ गरेको हो । भट्ट कैलालीको धनगढी उपमहानगरपालिका–७ का स्थानीय हुन् । जुवाखालबाट प्रहरीले ३ लाख ३४ हजार नगद बरामद गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस