फागुन ५, काठमाडौँ। काठमाडौँमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मंगलबार राति काठमाडौँ महानगरपालिका– ७ मैजुबहाल बस्ने ४५ वर्षीय रजुनमान श्रेष्ठ सोही महानगरपालिका-८ स्थित बागमती खोलाको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरमा कसैलाइ जानकारी नदिई निस्केका उनी मृत फेला परेका हुन् । घटनामा शंकास्पद ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।