• २०८३ बैशाख ७ गते सोमवार

कोरोना भाइरसको नयाँ प्रकारले सन् २०२० भन्दा २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नयाँ प्रकारको कोरोना भाइरसको कारण झन् कठिन हुने चेतावनी दिएको छ।कोरोना भाइरसको नयाँ प्रकारले सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी डब्ल्यूएचओले दिएको छ। बेलायतमा देखिएको उक्त भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको जनाइएको छ । उक्त भाइरस उच्च सङ्क्रामक क्षमताको रहेको बताइएको छ । बेलायतमा संक्रमणबाट दैनिक मृत्यु कीर्तिमानी रूपमा बढेको छ ।

बीबीसीका अनुसार दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ। सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरस भन्दा छिटो विस्तार हुन सक्ने क्षमता रहेकाले चिन्ता देखा परेको छ। जापानमा अधिकारीहरूले पत्ता लगाएको अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिदिएको छ।
उनीहरूले चारजनामा त्यस्तो किसिमको भाइरसको संक्रमण भएको पहिचान गरेका छन्।
ती मानिसहरू ब्रजिलमा संक्रमित भएको ठानिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस