• २०८३ जेष्ठ २९ गते शुक्रवार

भारतका राष्ट्रपति कोविन्द बंगलादेशको विजय दिवस समारोहमा सरिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १, ढाका । भारतका राष्ट्रपति रामनाथ कोविन्द बिहीबार ढाकाको राष्ट्रिय परेड मैदानमा बंगलादेशको विजय दिवस समारोहलाई सम्मानित अतिथिको रूपमा सरिक हुनुभएको छ ।बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले बिहीबार ढाकाको राष्ट्रिय परेड मैदानमा विजय दिवसको राष्ट्रिय कार्यक्रम शुरु भएसँगै परेडको अवलोकन गर्नुभएको छ ।

सन् १९७१ को युद्धमा पाकिस्तानमाथि विजय प्राप्त गरेको उपलक्य्समा बंगलादेशमा आज ५० औँ वार्षिकोत्सव मनाइंदैछ । राष्ट्रपति कोविन्द डिसेम्बर १५ देखि १७ सम्म बंगलादेशको तीन दिने भ्रमणमा रहनुहुनेछ । बुधबार ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएका राष्ट्रपति कोविन्दलाई बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले स्वागत गर्नुभएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस