• २०८३ बैशाख २५ गते शुक्रवार

प्रधानन्यायाधीशको समर्थन गर्दै आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३०, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराल लगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ । भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ । बराल समूहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसरमा पनि धर्ना दिने, प्रदर्शन गर्ने गतिविधि गर्दै आएको छ । प्रहरीले पनि उनीहरुलाई धरपकड गरेर हटाउँदै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस