• २०८३ बैशाख ८ गते मङ्गलवार

१० बुँदेमा कुनै जालझेल नगरौँ, विभाजनले कसैलाई फाइदा छैन : अष्टलक्ष्मी शाक्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ३१, काठमाडौं ।   बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले १० बुँदे सहमति कार्यान्वयन गर्नको लागि कुनै जालझेल गर्न नहुने बताएकी छन्।

काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘बलियो र विचारयुक्त नेकपा एमाले निर्माणमा लाग्नुपर्छ, सुदृढ नेकपा एमाले कसरी बनाउने भन्ने विषयमा हामी लाग्नुपर्छ। पार्टी नफुटेको छैन, २०५४ मा पार्टी फुट्यो। कम्युनिष्ट पार्टीमा फुटर र जुटको इतिहास छ। नेकपा एमाले महासागर बनेको छ।’

माओवादी केन्द्रसँगको एकता गर्दा कम्युनिष्ट आन्दोलन रक्षाको लागि २०७५ जेठ ३ गते एकता गरेका बताइन्। पार्टी एकतापछि कमिटी बिहिन भएपछि अराजकता बनेर पार्टी कमजोर बन्दै गएको उनको भनाइ छ।

शाक्यले भनिन्, ‘फागुन २३ गते सर्वोच्च अदालतले एकता अवैध भन्दै छुट्याइदियो। हामी एमालेमा फर्केपछि एमालेमा सजिलै फर्किन पाएनौँ। हामी लामो समय एमाले हुन सकिन। माओवादी आफ्नो पार्टीमा फर्किसकेको थियो।’

एमालेको विवाद समाधान कार्यदलले १० बुँदे सहमतिको प्रस्ताव अगाडि सारेपछि एमालेभित्र प्रवेश गर्ने बाटो खुलेको बताइन्।  ‘हामी एमालेमै छौँ। हामीले दुख गरेको पार्टीमै छौँ। मलाई एमाले विभाजन हुने पक्षमा छैनौँ। हामी कम्युनिष्ट पार्टीमा त्याग र विचार युक्त पार्टीको रूपमा लाग्नुपर्छ। १० बुँदे सहमतिमा इमान्दारपूर्वक कार्यान्वयन गरौँ। कुनै जालझेल नगरौँ। विभाजन गरेर कुनै फाइदा छैन’ उनले भनिन्।

एमाले कमजोर बनाउने खेल विरुद्ध एकजुट भएर लागेको बताइन्। एमाले कुनै मनमुटावबिना हिजोको कुरा बिर्सिएर मन फराकिलो बनाउनुपर्ने सुनाइन्।

शाक्यले भनिन्, ‘कम्युनिष्ट पार्टी फेरि पनि मुलुकको नेतृत्वको गर्नुपर्छ। समाजवादको लक्ष्य प्राप्त गर्ने बाटोमा लाग्नुपर्छ। हामीलाई संघमा दुई तिहाइको सरकार प्रदेश सरकारको नेतृत्व गरेका थियौँ। तर, कम्युनिष्ट पार्टीभित्रबाटै आन्दोलनलाई धुजा धुजा बनाउने खेल भयो।’

पार्टीभित्र विधि, विधानभन्दा बाहिर गएकै कारणले पार्टीभित्र संघर्ष सुरु भएको उनको भनाइ छ। नेतादेखि कार्यकर्ता रुपान्तरण भएपछि मात्रै एमाले एकता सुदृढ हुने उनले बताइन्।

Sharing

प्रतिक्रिया दिनुहोस