• २०८३ बैशाख १९ गते शनिवार

वैकिङ कसुरमा फरार प्रतिवादी बुढाथोकी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका अर्जुन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई प्रहरीले ग्रान्डी (धापासी ) बाट पक्राउ गरेको हो । रुकुम जिल्ला साबिक शोभा गा.बि.स. वडा ३ को परिवतिॅत ऐ. रुकुम पूर्व जिल्ला सिस्ने गाउपालिका वडा ५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा १५ बस्ने अर्जुन बुढाथोकी बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका थिए । बुढाथोकी काठमाडौंको दरबारमार्गमा रहेको रोयल क्यासिनोमा फ्लस टेवलमा लगानी गरी व्यवसाय गर्ने गर्दथे ।

रोयल क्यासिनोको फ्लस टेवलमा लगानी गर्न भन्दै विभिन्न व्यक्तिबाट १३ लाख ८४ हजार रुपैयाँ लिएको र उक्त रकम फिर्ता गरिदिने भन्दै आफ्नो नाममा रहेको बैंक खाताको चेक काटेर दिएका थिए ।

तर खातामा पर्याप्त रकम नभएको पाइएपछि पीडितहरुले जाहेरी दिएका थिए । घटनामा बैंकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो ।

उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै ४ दिन कैद र विगो बमोजिम १३ लाख ८४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो पक्राउ परेका अर्जुन बुढाथोकीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस