• २०८३ असार ६ गते शनिवार

स्थायी कमिटी बैठक रोक्न नेपाल समूहको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन् ।आज तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले माधव पक्षका कुरालाई अस्वीकार गरी बैठक अगाडी बढाउन भनेपछि माधव पक्षका नेताहरु बाहिरीएका छन् ।

पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले अस्वीकार गरेका छन् । अहिले बैठक जारी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस