असार २, एजेन्सी । रुसले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा पहिलो हाफको इन्जुरी समयमा आर्टम ज्यूबाको पासमा मिरानचुकले निर्णायक गोल गरेका हुन् । खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।
यस जितसँगै समूह बी को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ ।