असार २, एजेन्सी । फिफा विश्वकप तथा एसियन छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाले जित निकालेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले १० खेलाडीमा सिमित जोर्डनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

कुवेत सिटीमा अष्ट्रेलियालाई जित दिलाउन ह्यारी सुटरले निर्णायक गोल गरे । उनले खेलको ७७ औं मिनेटमा गोल गरेका थिए । खेलको ८७ औं मिनेटमा मुसाले रातो कार्ड पाएपछि जोर्डन १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै समूह बी मा अष्ट्रेलिया शतप्रतिशत जितसहित विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । यस्तै अष्ट्रेलिया एसियन कपमा समेत छनोट भएको छ ।