जेठ २, सल्यान । कर्णाली प्रदेशमै पहिलो पटक सल्यान अस्पताल सल्यानमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमितहरु छटपटाइरहेको समयमा अस्पतालमा शनिबार अक्सिजन अक्सिजन कन्सन्ट्रेटर सञ्चालनमा आएको हो ।
सञ्चालन गरिएको अक्सिजन प्लान्टबाट १५ वेडलाई अक्सिजन पुर्याउन सकिने भएपनि तत्काल दश वेडमा उपलब्ध गराइएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले प्रति मिनेट ४० लिटरका दरले अक्सिजन उत्पादन हुने वताउनुभयो । उहाका अनुसार अक्सिजन प्लान्ट नहुँदा बाह्रय जिल्लाको भर पर्नु पर्ने बाध्यता थियो अब उक्त बाध्यता रहे पनि अव केही कम हुने छ । अस्पातलमा रहेका १० विरामीलाई नियमित अक्सिजन उपलब्ध गराउने सकिने छ ।
जिल्ला अस्पताल सल्यानका प्रमुख डाक्टर भीमकान्त जैसीले अक्सिजन प्लान्ट जडान भएपछि जटिल किसिमका संक्रमितहरुलाई उपचार गर्न सहज हुने वताउनुभयो । उहाका अनुसार अहिले १० वेडमा अक्सिजनको ब्यवस्था गरिएको छ । बिरामीको अक्सिजनको मात्रा अनुसार अन्य बेडमा समेत प्लान्ट जडान गरिने छ ।
कर्णाली प्रदेश सरकारको ५१ लाख आर्थिक सहयोगमा अक्सिजन प्लान्ट निमार्ण भएको हो । सुर्खेत र जुम्लामा अक्सिजन प्लान्ट भएपनि कोरोना लक्षित अक्सिजन प्लान्ट भने प्रदेशमै पहिलो पटक सल्यानमा जडान भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका कार्यालय प्रमुख दशरथ श्रेष्ठले वताउनुभयो । उहाका अनुसार यस अघि अक्सिजन सिलिण्डर रिफिल गर्न नेपालगञ्ज जानु पर्ने भएपनि अव भने तत्कालका लागि १० वेडका लागि भने अस्पतालमै नियमित अक्सिजन उपलब्ध हुने छ । वाकी विरामीकालागि भने नेपालगञ्जनै पुगेर सिलिण्डर रिफिल गर्नु पर्ने छ ।
यसअघि जिल्लामा अक्सिजन अक्सिजन कन्सन्ट्रेटर हुँदा बिरामीहरुले सास्ती भोग्दै आईरहेका थिए । जसका कारण महंगो शुल्क तिरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता हुने गरेकोमा अव भने केही राहत मिल्ने विश्वास गरिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग र स्वास्थ्य सेवा कार्यालय सल्यानको ब्यवस्थापनमा ५१ लाख रुपियाँको लागतमा अक्सिजन प्लान्ट जडान कार्य सम्पन्न भएको हो ।
यसैविच बायोमेडिकल इन्जिनियर टोलीले अक्सिजन कन्सिट्रक्टरको जडान कार्य सम्पन्न गरेपछि शनिवार नै यसको उद्घाटन गरिएको छ । शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँई, स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठ लगाएतको सहभागितामा अक्सिजन कन्सिट्रक्टरको उद्घाटन गरी विरामीलाई सेवा दिईएको हो ।