• २०८३ जेष्ठ ६ गते बुधवार

खाडीबाट नेपालीले पठाएको अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २, काठमाडौं। हिजो खाडी मुलुकबाट नेपालीले पठाएका ५६० थान अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । उक्त सिलिन्डर आज गैरआवासीय नेपाली संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।

साथै ती सिलिन्डर एनआरएनएले सुदूरपश्चिम प्रदेशमा एक सय थान,कर्णालीमा एक सय थान, लुम्बिनीमा दुई सय थान ,प्रदेश २ मा ८५ थान र गण्डकी प्रदेशमा ७५ थान अक्सिजन सिलिन्डर वितरण गर्न स्वास्थ्य मन्त्रीलाई अनुरोध गरेको छ ।

हिजो ओमानको राजधानी मस्कटबाट मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ उक्त सिलिन्डर नेपाल पठाएका थिए । नेपालमा यस अघिका विपत्तिका बेलामा पनि एनआरएनले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको छ ।

अक्सिजन सिलिन्डर खाडी मुलुकमा रहेका नेपाली र नेपाली दूतावास ओमानको सहकार्यमा नेपाल पठाइएको हो । साथै ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै नेपाललाई उपलब्ध गराउने एनआरएनएले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस