• २०८३ बैशाख २१ गते सोमवार

मेस्सीको र्कीतिमानी खेलमा बार्सिलोनाको जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, एजेन्सी। कप्तान लियोनल मेस्सीको र्कीतिमानी खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे ।

यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे । उता हुयस्काका राफा मिरले एक गोल फर्काए । जाबीले बार्सिलोनाका लागि ७६७ खेल खेलेका थिए । हाल मेस्सीले यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७६७ औं खेल पूरा गरेका हुन् ।जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा २७ खेल खेलेको बार्सिलोनाले ५९ अंक जोडेको छ । पराजित हुयस्का २० अंक सहित तालिकाको पुछारमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस