फाल्गुण ०४, काठमान्डौं । मदनकृष्ण श्रेष्ठले ‘फुल बुट्टे सारी’ बोलको गीतमा लेजेन्डरी भर्जनमा स्वर दिनुभएको छ । श्रेष्ठको स्वरमा तयार भएको गीत मङ्गलवार देवी थान युट्युबमार्फत सार्वजनिक गरिएको हो।
मङ्गलवार बिहान सार्वजनिक भएको भिडियोमा मदनकृष्णको स्वरसँगै भिडियोमा अभिनेत्री मिथिला शर्मा र मदनकृष्ण जोडी देख्न सकिन्छ । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल, फिमेल र चाईल्ड भर्जनमा सर्वाधिक लोकप्रिय भैसकेको छ । यसअघि सार्वजनिक भएको मेल भर्जनमा मार्मिक लामा, फिमेल भर्जनमा मिलन नेवार र चाइल्ड भर्जनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए ।