फागुन ४, एजेन्सी। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । चेल्सीले न्युक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नरले एकरएक गोल गरे ।
जितसँगै चेल्सीले वेस्टह्याम र लिभरपुललाई पछि पार्दै चौंथो स्थानमा उक्लिएको छ । चेल्सीको २४ खेलबाट ४२ अङ्क छ । यस्तै, गएराति नै भएको अर्को खेलमा सेफिल्ड युनाइटेडलाई वेष्टह्यामले ३-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै वेष्टह्याम पाँचौं स्थानमा उक्लिएको छ । वेष्ह्यामको २४ खेलबाट ४२ अङ्क छ ।