• २०८३ बैशाख ७ गते सोमवार

नेकपाले अब टर्च बालेर आफ्ना कार्यकर्ता खोज्ने दिन आए : उपसभापति मल्ल

जिल्लाका चार वटै स्थानीय तहमा काग्रेसको प्रर्दशन
खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

माघ ०३ मुगु । हिमाली जिल्ला मुगुमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेस मुगुले शनिबार विरोध प्रदर्शन गरेको छ । संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले जनताको मनोभावना माथि कुठारा घात गरेको भन्दै नेपाली कांग्रेसले मुगुका एक नगरपालिका छायानाथ रारा नगरपालिका र अन्य तिन गाउपालिकामा ¥याली सहितको विरोध प्रदर्शन गरेको गरेको हो ।

विरोध सभामा बोल्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुगुका उपसभापति खगेन्द्र बहादुर मल्लका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाले अब कुना कुना , गल्लि गल्लिमा पुगि टर्च लगाएर आफ्ना कार्यकर्ता खोज्ने दिन आएको बताए । विगतका दिनहरुमा नेपाली काग्रेस लाई नेकपाले दिएको यस्तो अभिव्यक्ति स्मरण गर्दे उपसभापति मल्लले अब नेपाली काग्रेसका त्यस्ता दिन हटेको बताए ।


पहिला आफु लाई यस्ता नानाथरिका अभिब्यत्ति दिएर जनता माझ झुटा आश्वासन बाड्ने , विभिन्न प्रकारका लाञ्छना लगाईएको बताउदै नेकपाले आफ्नो दुई तिहाई सरकारको दम्भ देखाएर यस्तो अभिब्यक्ति दिएको उनको भनाई रहेको छ । अब यो भनाई नेपाली काग्रेस लाई उल्टै नेकपामा उल्टिएको पनि बताए ।

शनिवार छायानाथ रारा नगरपालिका नगर कार्य समितिले आयोजना गरेको विरोध सभामा उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका महासमिति सदस्य तथा प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार तिलक बहादुर मल्लका अनुसार कम्युनिस्ट सरकार भ्रष्टाचारलाई संस्थागत गर्ने सरकार भएको पुष्टि भइसकेको छ । यो सरकारले भ्रष्टाचार नियन्त्रणको आश्वासमा मात्रै बाँडिरहेको बताए ।

२० वर्ष सम्म मुगुमा नेकपाले जिते पनि २० वर्ष सम्म कुनै पनि विकासे योजनाहरुले फड्का् नमारेको बताए । मुगु जिल्ला बाट निर्वाचित भई गएका नेकपाका ६ वटा सांसदले मुगाली जनताका चाहना अनुसार काम नगरेको बताए । यहाका जनताको पिडा लाई आतम साथ गर्दे मल्लले कतिन्जेल सम्म दुख पाउने कहिले सम्म यातना दिने मुगाली जनताका दुख कसले बुझिदिने जस्ता अभिव्क्ति यसरी प्रस्तुत गरेका छन् ।

नेपाली काग्रेस मुगुका महिला नेतृ सुर्य देवि मल्लले भन्नु भयो देशमा संघियता आएका करिब ३ वर्ष बितिसक्यो तर यो समयमा मुगालीका जनताका महिला विरुद्धमा बोल्ने कुनै पनि माईका लाल नआएको बताए । दलित, गरिब, असहाय, विपन्न वर्ग लाई रोजगार दिन्छु, योजनामुखि बनाउनछु भनि यहा बाट निर्वाचित भई गएका नेताहरुले कुनै पनि सुरसार नगरेको बताईन् । उनले भनिन लोकतान्त्रिक बाटो कम्युनिस्ट सरकारको छैन । कम्युनिस्ट सत्ता सर्वहाराको लागि पनि होइन जनताको जिवन स्तर माथि उठाउन कांग्रेसको एजेण्डा रहेको जानकारी गराए ।

विरोध सभामा केपि ओलि मुर्दावाद, नालायक सरकार चाहिदैन, जनता मार्न पाईदैन, बाजागाजा सहित नारा पनि घन्काएका थिए । कांग्रेसका केन्द्रीय सदस्य एवम कर्णाली प्रदेश प्रतिपक्षदलका नेता जीवनबहादुर शाहीले अब देश काग्रेसको काधमा आएको बताए । त्यस्तै सोरु गाउपालिका सोरुकोटमा काग्रेसद्धारा आयोजित संसद बिघटनको बिरुद्धमा आयोजना गरेको बिरोध सभामा नेता हस्तबहादुर मल्ल, पार्टी सभापति खडगबहादुर शाही र पूर्ब सभापति ऐनबहादुर शाही , नेता छिरिड क्याप्ने लामा र पार्टी सचिव मञ्जन कार्कीले संसद बिघटन प्रधानमन्त्री ओलीको अलोकतान्त्रीक कदम भएको बताएका छन् ।

काग्रेसमा प्रवेश गर्नेको संख्यामा लर्को
गत पुष ०५ गते प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरे पछि नेकपाका नेता तथा कार्यकर्ताहरु तितरबित्तर भएका छन् । कतै नेकपाका मन्त्री , सांसद त कतै जिल्लाका नेता कार्यकर्ताहरु । नेकपामा यस्तो भुकम्प आए पछि  पछिल्लो समय मुगुमा नेपाल कम्युनिष्ठ पार्टी नेकपा परित्याग गरि नेपाली काग्रेसमा प्रवेश गर्नेको संख्यामा लर्को लाग्ने गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा नेकपा परित्याग गरि काग्रेसमा प्रवेश गर्नेको संख्यामा लर्को लाग्ने गरेको हो ।

हाल सम्म मुगुमा नेकपा परित्याग गरि काग्रेसमा प्रवेश गर्नेको संख्यामा करिब दर्जन भन्दा दुई गुणाले बढि नाघि सकेको युवा नेता पदम मल्लले बताए । नगरपालिका भित्रका मात्रै झ्यारी गाउमा ११ , लुम्समा १३ , २९ गतेको विरोधमा ७ , गरि ३ गतेको विरोधमा ३५ जनाले नेकपा परित्याग गरि काग्रेसमा प्रवेश गरेको उनको भनाई रहेकोे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस