• २०८३ बैशाख १६ गते बुधवार

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, नयाँदिल्ली। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएको छ । भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री सिंहसँग भेट गर्नुभएको हो ।

नयाँदिल्लीस्थित रक्षामन्त्री सिंहको निवासमै भएको भेटवार्तामा भारत-नेपाल सम्बन्धबारे छलफल भएको बताइएको छ । रक्षामन्त्री सिंहले एक ट्विट जारी गर्दै लेख्नुभएको छ, ‘नेपालसँग भारतको सम्बन्ध दुई देशका नागरिकस्तरबाटै अघि बढेको छ, यो सरकारमा मात्रै सीमित छैन । भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’उहाँले परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेट उल्लेखनीय रहेको बताउनुभएको छ ।

उक्त भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि सहभागी हुनुहुन्थ्यो । मन्त्री ज्ञवाली तीनदिने भारत भ्रमण सक्काएर आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

Sharing

प्रतिक्रिया दिनुहोस