• २०८३ बैशाख २० गते आइतवार

बांकेमा कार्यरत राष्ट्रिय अनुसन्धानका थापाको हत्या

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, बाँके । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको हत्या भएको छ । बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाका अनुसार मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत परविन थापा मगर रहेका छन् ।

उनले मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् । घटना बारे अनुसन्धान सुरु भएको बांके प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस