• २०८३ जेष्ठ २९ गते शुक्रवार

नेतासहित २२० जना उच्च पदस्थको सम्पत्ति छानबिनको सिफारिस

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् ।

उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ । १ हजार ३०० उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकारी सुशील प्रसाद आचार्यले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस