• २०८३ जेष्ठ १ गते शुक्रवार

नेप्से परिसूचक ४ अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, काठमाडौं। आज शेयर बजार नेप्से परिसूचक ४.२३ अंकले घटेको छ । आज ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । बुधबार २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर दोस्रो खरिद बिक्री भएको छ ।

कारोबारमा आएका १३ उपसमूह मध्ये ८ उपसमूहको सूचक सकारात्मक बन्दा ५ उपसमूहको सूचक नकारात्मक रह्यो । कारोबारमा आएकामध्ये ९६ कम्पानीको शेयर मूल्य बढ्दा ८४ कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

बुधबार महालक्ष्मी विकास बैंकको सेयर सबैभन्दा धेरै १६ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढ्यो । सबैभन्दा धेरै गुमाउने कम्पनी सारथी लघुवित्त रह्यो । कम्पनीको शेयर मूल्य बुधबार ५.३४ प्रतिशतले घटेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस