मंसिर २९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ८० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २५ हजार १६ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ३५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ७ हजार ८ सय १६ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६५ जना पुगेको छ ।