असार ३१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा खम्म बहादुर खाती नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता खातीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव हुनुहुन्छ ।
