• २०८३ असोज २८ गते बुधवार

नेपाल फिफा बरियतामा १६८ औ स्थानमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । मंगलबारको ताजा तथ्याङ्ग अनुसार नेपालले तीन स्थान सुधार गर्दै १ सय ६८ औं स्थानमा पुगेको हो ।

दैनिक अपडेट हुने वरियता अनुसार नेपालले तीन स्थान सुधार गरेको हो । यसअघि राष्ट्रिय पुरुष फुटबल टिम १ सय ७१ औं स्थानमा रहेको थियो । मंगलबारको ताजा वरियतामा नेपाल १ सय ६८ औं स्थानमा छ ।

फुटबल र्याङ्किङ डटकमले जनाए अनुसार नेपालले ९ सय ६८ अंक प्राप्त गरेको छ । गत साता नेपालले चाईनीज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो । सोही नतिजाको आधारमा नेपालले आफ्नो बरियता सुधार गरेको हो ।

फिफाले हरेक महिना आफ्ना सदस्य राष्ट्रको वरियता सार्वजीक गर्ने गर्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस