• २०८३ बैशाख ११ गते शुक्रवार

लायन्स क्लबद्धारा तारकेश्वरमा फुड बैंक स्थापना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १, काठमाडौँ । लायन्स क्लब इनटरनेशनल डिस्ट्रीक ३२५ बी १ मा आवद्ध ब्लबहरुको आयोजनामा कोरोना महामारीमा कोही भोकै बस्नु नपरोस भन्ने उद्देश्यका साथ तारकेश्वर नगरपालिकामा फुड बैंकको स्थापना भएको छ । तारकेश्वर परिवारको चाहना कोहीपनि भोकै नपरुन, नहुनेले लिएर जाने हुनेले दिएर जाने अभियानका साथ फुड बैकको स्थापना भएको हो ।

लायन्स क्लब इनटरनेशनल डिस्ट्रीक ३२५ बी १ मा आवद्ध ब्लबहरुको आयोजनामा तारकेश्वर नगरपालिका वडा नं. ६ स्थित जरंकुमा फुड बैक स्थापना गरिएको हो । कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी मजदुर, सुत्केरी महिला तथा खानाको अभाब भएकाहरुलाई लक्षित गरि फुड बैंक सञ्चालन गरिएको डिस्ट्रीक डिपार्टमेन्ट चिफ पिएमजेएफ लायन राजु चालिसेले जानकारी दिनुभयो ।

गरीब, अपाङ असक्त तथा सुत्केरीहरुलाई लक्षित गरी तार्केश्वोर फुड बैंकमा आज हुने ले दिऔ अन्तर्गत लायन सुरेन्द्र राज तिमील्सिना जोन चेयर पर्सन १० बोरा चामल, लायन बासुदेब तिमील्सिना रिजन चेयर पर्सन १० बोरा, लायन यादब फुयाल निर्बाचित प्रेसिडेन्ट रु १०,०००, लायन मन बहादुर रोक्का डिस्ट्रीक गभर्नर रु ५०००, लायन रामहरी सिलवाल क्लस्टर प्रमुख रु ५०००, लायन दिपक शर्मा जोन चेयर पर्सन रु ५०००, लायन रबिन तिमील्सिना सचिब रु ५०००, लायन पुण्य राज सापकोटा प्रथम भाइस प्रेसिडेन्ट रु ३५००, लायन दुर्गा सिलवाल निर्बाचित सचिब रु ३५००, लायन सुशिल कुमार बस्न्यात मनोनित रिजन चेयर पर्सन रु ५०००, लायन गोबिन्द लेखक सचिब तार्केश्वोर रु ५०००, लायन सिता घले निर्बाचित ट्रेजरर रु १०००, लायन उषा मैनाली चार्टर प्रेसिडेन्ट तार्केश्वोर नर्थ रु १००० सहयोग गर्नु भएको हो ।

कार्यक्रममा लायन मित्रहरु साथ र सपोर्टको लागी सहयोगी हातहरुमा सलाम र हामी लाई भोलीको दिनमा कार्य गर्ने हौसला मिलेको जानकारी क्लब प्रेसिडेन्ट तथा मनोनित जोन चेयर पर्सन लायन रामहरी अर्याल ले ब्यक्त गर्नु भयो ।

हेर्नुहोस लायन्स क्लबद्धारा तारकेश्वरमा स्थापना गरिएको फुड बैंक

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस