असार १, एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगितामा पाराग्वेले विजयी सुरूवात गरेको छ। मंगलबार विहान भएको खेलमा पाराग्वेले बोलिभियालाई ३-१ गोलले पराजित गरेको हो ।
खेलमा अग्रता भने बोलिभियाले लियो। उसका लागि दशौं मिनेटमा साभेन्द्रले गोल गरे। पहिलो हाफको इन्जुरी टाइममा बोलिभिया १० खेलाडीमा सीमित बन्यो। क्युलार दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
त्यसपछि दोस्रो हाफमा खेलमा पकड बनाएको पाराग्वेका लागि एलेजान्द्रो रोमेरोले ६२ मिनेटमा बराबरी गोल फर्काए। त्यसपछि एन्जल रोमेरोले दुई गोल गरे। उनले खेलको ६५ मिनेटमा गोल गर्दा पाराग्वे २-१ ले अघि रह्यो। ८० मिनेटमा उनले तेस्रो गोल गरे।