• २०८३ बैशाख २५ गते शुक्रवार

थप आठ हजार ४६ कोरोना संक्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालमा पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैं कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

यस्तै सोही अवधिमा ५४८८ जनाले कोरोना जितेका छन् । यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ । मन्त्रालयका अनुसार हाल १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस