• २०८३ असार १४ गते आइतवार

राप्रपाको महाअधिवेशन स्थगित (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । तीन अध्यक्षहरु पशुपती सम्शेर जबरा, कमल थापा र प्रकाश चन्द्र लोहनीको बैठकले महाधिवेशन उपयुक्त समयमा घोषणा गर्नेगरी स्थगित गरेको हो ।

राप्रपाका अध्यक्ष कमल थापाले ट्वीट गरेर सोको जानकारी दिएक हुन । उनले लेखेका छन “कोभिड(१९ को महामारी भयावह बन्दै गएकोले २०७८ जेठमा हुने भनिएको राप्रपा महाधिवेशन हाललाई स्थगित गरिएको छ ।”

कोरोना महामारी बढ्दै गएकाले महाधिवेशन स्थगित गर्नुपरेको हो । राप्रपाको महाधिवेशन वैशाख अन्तिम साता तोकिएकोमा तयारी नपुगेको भन्दै २२–२५ जेठमा गर्ने तय भएको थियो ।

Image

Sharing

प्रतिक्रिया दिनुहोस