• २०८३ बैशाख ३० गते बुधवार

टर्किबाट कर्णालीमा पुगे दाँते ओखरका बिरुवा

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेठ ०१ मुगु । कर्णाली प्रदेशका ३ हिमाली जिल्ला टर्किबाट ल्याईएका दाँते ओखरका विरुवा मुगु, हुदै हुम्ला र डोल्पा सम्म पुगेका छन् । कर्णाली प्रदेश सरकारको भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि निर्देशनालय सुर्खेतको सहयोगमा कृषि बिकास कार्यालय मुगु लगायत यी २ जिल्लामा दाँते ओखरका विरुवा ल्याईएको कृषि विकास कार्यालय मुगुले जानकारी दिएको छ ।

कर्णालीका ३ जिल्लामा ३२ हजार बरावरका दाँते ओखर भित्रिएका हुन । जसमा मुगु ८ हजार, हुम्लामा ६ हजार र डोल्पामा १८ हजार दाँते ओखरका बिरुवा कर्णालीमा भित्रिएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल बहादुर सुनारले बताए । टर्किमा उत्पादन भएका विभिन्न उन्नत जातका मुगुमा च्यालेन्दर र फ्रान्कुटे गरि २ जातका विरुवा रहेका छन् भने डोल्पामा ४ जातका र हुम्लामा पनि २ जातका विरुवा पुगेको कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख वखत खड्काले जानकारी दिए ।

कर्णालीका मुगु , हुम्ला र डोल्पामा टर्किबाट ल्याईएको दाँते ओखरका विरुवा

कर्णालीका कृषकहरुको आयआर्जन बृद्धि, ब्यवसायिक क्षेत्र लाई मध्ये नजर गर्दे आर्थिक क्षेत्रलाई उकास्न र कृषि क्षेत्रमा फड्को मारोस भनि दाँते ओखरका बिरुवा कृषक समुह, सहकारी र व्यक्तिलाई बितरण गर्ने निर्णय अनुसार निर्देशनालयले ओखरको बिरुवा जिल्लामा पठाएको समेत प्रमुख सुनारको भनाई छ । एकातिर कोभिड १९ ले आक्रान्त गरि रहेको अवस्थामा यस लाई मध्येनजर गर्दे र सामाजिक दुरी कायम राखि वितरण गरिएको जनाएको छ ।

ओखरका विरुवा फागुन चैत महिनामा वितरण गरिनु पर्ने तर समय भन्दा पर वितरण गर्दा उत्पादनमा समस्या आउने कृषकहरुको आसंका रहेको छ । कार्यालयले दिएको जानकारी अनुसार हामिले खास ओखरका विरुवा गएको महिनामै वितरण गरिसक्नु पर्ने हो तर विविध कारण देखाउदै ढिला वितरण गरिएको जनाईएको छ ।

यो महिनामा वितरण गर्दा र विरुवा लाई लगाउदा कुनै पनि समस्या न आउने कृषि विकास कार्यालय मुगुका वागवानि शाखाका तिर्थ राज देवकोटाले बताए । विरुवा वितरणमा १५ प्रतिशत कृषक र ८५ प्रतिशत अनुदानको लागतमा विरुवा वितरण गरिएको हो । विदेशी भुमि टर्किमा ग्राफ्टीङ्ग विधिद्धारा उत्पादन गरिएका दाँते ओखरका विरुवा टर्किमा प्रतिबोट ५ सय ९ रुपैया परेको बताईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस