• २०८३ असार ३ गते बुधवार

मुगुमा एक साता निषेधाज्ञा लम्बियो

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेठ ०१ मुगु । हिमाली जिल्ला मुुगुमा एक हप्ता फेरी निषेधाज्ञा लम्बिएको छ । पछिल्लो समय मुगुमा कोरोनाको संक्रमण दिन प्रतिदिन वृद्धि हुदै गए पछि र कोरोनाको जोखिम बढ्दै गहेपछि पुन एक साता सम्मको लागि निषेधाज्ञा लम्बिएको हो ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति मुगुको बसेको बैठकले बैशाख ३० गतेको सिफारिस अनुसार जेठ ७ गते राति १२ बजे सम्मको लागि थप एक साता निषेधाज्ञा गरिएको जनाईएको छ । कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसि) मुगुले थप जारी गरेको निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा जस्ता अत्यावश्यक सेवाहरु, जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दुध, ग्याँस) आदिका पसल बिहान विहान ९ देखि १२ बजे सम्म स्वास्थ्य मापदण्ड अपनाएर अनिवार्य मास्क, स्यानिटाईजर प्रयोग गरेर हिँडुलमा समेत प्रतिबन्ध लगाउनुका साथै कारोवार सञ्चालन गर्न निर्देशन जारी भएको प्रजिअ शिवाकोटिको भनाई छ ।

पछिल्लो समय मुगुमा एक हप्तामा १ सय १६ जना कोरानाका संक्रमित फेला परेको जिल्ला अस्पताल ठिनि मुगुका सुचना अधिकारी पशुराम नेपालीले बताए । विहिवार १०१ जनामा एन्टिजेन विधि बाट परिक्षण गर्दा १५ जना कोरोना पुष्टि भएका छन् । परेपछि एक हप्प्ता निषेधाज्ञा थपिएको जिल्ला संकट ब्याबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर सिवाकोटीले बताए । निषेधाज्ञा जेठ ७ गते सम्म लागु हुने जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस