बैशाख २, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ। जसका कारण हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलिको अबस्था रहेको छ ।
महाशाखाका अनुसार बिहिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
महाशाखाले देशका पहाडी भू-भागका थेरै स्थानमा अपरान्ह रसाँझतिर मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ