• २०८३ मङ्सिर १२ गते शुक्रवार

इन्डोनेसियामा भूकम्प, तीन जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, एजेन्सी । शुक्रबार बिहान इन्डोनियामा ६.२ म्याग्नेच्युडको भूकम्प गएको छ। उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

सात सेकेन्डसम्म जमिन हल्लिएपछि आत्तिएका मानिसहरू घर छोडेर बाहिर निस्किएका थिए। शुक्रबार बिहान भूकम्प आए पनि सुनामीको चेतावनी भने दिइएको छैन। इन्डोनेसियाको विपद् नियन्त्रण एजेन्सीले एउटा होटल र वेस्ट सुल्वेसीका गभर्नरको निवास पूर्ण रूपले क्षति भएको जनाएको छ। बिहीबार पनि सोही क्षेत्रमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस