• २०८३ बैशाख ५ गते शनिवार

जमुनाहा प्रहरीद्वारा भित्री बस्त्रमा लुकाएर ल्याएको ब्राउन सुगरसहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, बाँके । नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी र लागु औषध व्युरोको टोलीले भारतबाट पेन्टी र जुत्ताभित्र लुकाएर भारतबाट ल्याउँदै गरेको ५५ ग्राम लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलवार बेलुकी साढे ६ बजे नेपालगञ्ज १५ जमुनाह चेकपोष्टबाट भारतबाट नेपाल छिरि रहेका दांग जिल्ला तुलसीपुर १५ बस्ने गौरव बुढाथोकी र बाँके राप्तीसोनारी १ बस्ने सुवास विकको खानतलाशी गर्दा बुढाथोकीले पेन्टीभित्र लुकाई राखेको २ पोका भित्रको ४८ ग्राम र विकले जुत्ताभित्र लुकाई राखेको ७ ग्राम गरि ५५ ग्राम लागु औषधसहित दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि पनि प्रहरीले पटक पटक सो नाकाबाट ब्राउन सुगर नियन्त्रणमा लिंदै आएको छ । लागु पदार्थको कारोबार गर्नेहरुले नयाँ नयाँ तरिकाको प्रयोग गरेर भित्रयाउँदै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस